Section 24
परिषद्को काम, कर्तव्य र अधिकार
परिषद्को काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क)  फोहरमैला व्यवस्थापन सम्बन्धी राष्ट्रिय नीति तर्जुमा गरी स्वीकृतिको लागि नेपाल सरकार समक्ष पेश गर्ने,
(ख) फोहरमैला व्यवस्थापन कार्यसँग सम्बद्ध निकायहरुबीच समन्वयको लागि नीतिगत व्यवस्था गर्ने,
(ग) फोहरमैला व्यवस्थापनको लागि स्थानीय तहले शुल्क निर्धारण गर्दा एकरुपता कायम गर्नको लागि त्यस्तो सेवा शुल्क निर्धारण गर्ने मापदण्ड स्वीकृत गर्ने, 
(घ) फोहरमैला एकीकृत रुपमा व्यवस्थापन गर्न स्थानीय तहले कुनै लगानी गर्नु पर्ने अवस्थामा त्यस्तो लगानी गर्नु पर्ने रकमको प्रतिशत निर्धारण गर्ने,
(ङ) तोकिए बमोजिमका अन्य काम गर्ने ।